वामदेव भेट्न भैँसेपाटी पुगे विष्णु पौडेल

काठमाडौं । साविक नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेल र उपाध्यक्ष वामदेव गौतमबीच भेटघाट भएको छ ।

पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न सोमवार दिउँसो पौडेल गौतम निवास भैँसेपाटी पुगेका हुन् ।

आईतवार सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आधिकारिकता ऋषी कट्टेललाई दिएसँगै राजनीतिक माहोल तातेको छ । संसद पुनर्स्थापनापछि राजनीतिक रुपमा दुई कित्तामा नेकपाका नेताहरु विभाजन भएपनि गौतम भने पार्टी एकता अभियान चलाएर स्थिर बसेका थिए ।

राजनीतिक सरगर्मी बढेका बेला पौडेल र गौतमबीचको भेटघाटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?