प्रचण्ड-नेपाल पक्षको स्थायी कमिटी बैठक शुरु

काठमाडौं । प्रचण्ड–नेपाल पक्षको स्थायी कमिटी बैठक शुरू भएको छ।

केहीबेरअघि पार्टी केन्द्रीय कार्यालय पेसिरडाँडामा बैठक शुरु भएको हो ।

आजको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र नेकपा सम्बन्धी सर्वोच्च अदालतको फैसलाबारे छलफल हुने बताइएको छ ।

स्थायी कमिटी बैठकअघि माधवकुमार नेपाल पक्षले छलफल गरेको थियो । नयाँ बानेश्वरस्थित एक होटेलमा भएको छलफलमा सर्वोच्चको फैसलामै केन्द्रीत भएको बताइएको छ ।

आज बिहान ११ बजेका लागि बोलाइएको बैठक कानूनविद्हरुसँग छलफलका लागि भन्दै सारिएको थियो ।

आइतवार सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आधिकारिकता ऋषी कट्टेललाई दिने निर्णय गर्दै फैसला गरेको छ । त्यससँगै पूर्व तत्कालिन एमाले र माओवादी केन्द्र ब्यूँतिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?