जसपाले बोलायो संसदीय दलको बैठक

काठमाडौं । जनता समाजवादी पार्टीले संसदीय दलको बैठक बोलाएको छ । जसपाले पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न भोलि मंगलवारका लागि बैठक बोलाएको हो ।

बैठक संसदमा निर्वाह गर्ने भूमिकाको विषयमा केन्द्रीत रहने जसपाले जनाएको छ । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी मिलेर जनता समाजवादी पार्टी बनेपछिको यो पहिलो संसदीय दलको बैठक हो । संसदीय दलको बैठक बस्नुअघि आज (सोमवार) पूर्व समाजवादी पार्टीको संसदीय दलको बैठक बस्दै छ ।

सर्वोच्च अदालतले नेकपा एकीकरणलाई मान्यता नदिई साविकको नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई नै ब्युँताइदिएको अवस्थामा कसरी अघी बढ्ने भन्ने रणनिति बनाउन पनि यो बैठक महत्वपूर्ण हुने जसपाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?