२०७७, २१ फाल्गुन शुक्रवार १३:०५

सभापति देउवाद्वारा मुस्कान खातुनलाई बधाई


प्रकाशित मिति : २०७७, २१ फाल्गुन शुक्रवार १३:०५

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुस्कान खातुन ‘अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार’बाट सम्मानित भएकोमा बधाई दिएका छन् ।

एसिड आक्रमण पीडित खातुनलाई अमेरिकन सरकारले प्रदान गर्ने ‘अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार’बाट सम्मानित भएकोमा बधाई दिएका हुन् ।

खातुनले देखाएको साहस र एसिड आक्रमणविरुद्द जारी राखेको अभियानले राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा योगदान पुगेको सभापति देउवाले विश्वास व्यक्त गरेका छन् ।

“तपाईले देखाएको शाहस र एसिड आक्रमण विरुद्ध जारी राखेको अभियानले राष्ट्रिय र अन्तराष्ट्रिय क्षेत्रमा ठूलो योगदान प्रदान गरेको छ।” सभापति देउवाले भने ।

 

प्रतिक्रिया दिनुहोस