शहीद परिवारलाई भेटेर प्रहरीको स्कर्टिङमा काठमाडौं आउँदै विप्लव

लोकपथ संवाददाता
0
Shares
तस्वीर प्रकाश डुम्रेको सामाजिक सञ्जालबाट

काठमाडौं । सरकारले प्रतिबन्ध फुकुवा गरेसँगै नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ पहिलोपटक सार्वजनिक भएका छन्। शुक्रवार बिहान नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको दलदलेबाट उनी सार्वजनिक भएका हुन् ।

वि.सं २०७५ फागुन २८ मा सरकारले चन्द नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएपछि विप्लव भूमिगत अवस्थामा रहेका थिए ।

बिहीवार मात्रै सरकार र चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच भएको तीन चरणको वार्तापछि पार्टीका महासचिव विप्लव सार्वजनिक भएका हुन् ।

सार्वजनिक भएसँगै महासचिव चन्दले नवलपुरको देवुचली नगरपालिकामा रहेका शहीद परिवारसँग भेटघाटसमेत गरेका छन् ।

जिल्लाको पहाडी क्षेत्रबाट आज बिहान ३ः०० बजे विप्लव देवचुली नगरपालिकाको दलदलेमा आइपुगेका थिए । देवचुलीमा सार्वजनिक भएर शहीद परिवारसँग भेटघाट गरेपछि चन्द प्रहरीको स्कर्टिङमा काठमाडौं आउँदै गरेको प्रहरीले जनाएको छ ।

आज राष्ट्रिय सभामा एक सार्वजनिक कार्यक्रमकाबीच प्रधानमन्त्री केपी शर्मा ओलीसहित एउटै मञ्चबाट वार्तामा भएका बुँदाहरु सार्वजनिक गर्ने कार्यक्रमका लागि उनी नवलपुरको दलदलेबाट काठमाडौं आउन लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?