काठमाडौं । नेकपा (विप्लव समूह)का महासचिव नेत्रविक्रम चन्द नवलपरासी हुँदै काठमाडौं आउने भएका छन् । सरकारसँगको वार्ता सहमतिमा पुगेपछि चन्द सडकमार्ग हुँदै काठमाडौं आउन लागेका हुन् । सरकारले हेलिकप्टर पठाउने भने पनि विप्लव सडकमार्ग हुँदै काठमाडौं आउन लागेका सो पार्टीका नेता गोपाल चन्दले जानकारी दिएका छन् ।
यसैबीच भूमिगतपछि विप्लवको पहिलो तस्वीर सार्वजनिक भएको छ । सरकार र विप्लव समूहबीच तीन बुँदे सहमतिपछि सम्बोधन गर्न काठमाडौँ आउने क्रममा विप्लव नवलपरासीमा सार्वजनिक भएका हुन् ।
सरकारसँग भएको सहमतिपछि विप्लवले आज दिउँसो २ बजे राष्ट्रिय सभागृहमा हुने विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगै संयुक्त रुपमा विशेष समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ । हिजो बिहीवार बिहान भएको तीनबुँदे सहमतिपछि हिजो साँझ नै बसेको मन्त्रिपरिषद बैठकले उक्त सहमति अनुमोदन गर्दै चन्द नेतृत्त्वको नेकपालाई लगाइएको प्रतिबन्धसमेत फुकुवा गरिसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया