प्रधानमन्त्री ओलीले बोलाए संसदीय दलकाे बैठक, प्रचण्ड–नेपाललाई ‘एसएमएस’

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन् । प्रधानमन्त्री एवम् संसदीय दलका नेता ओलीको निर्देशनमा प्रतिनिधि सभा र राष्ट्रिय सभामा रहेका नेकपाका सबै सदस्यलाई उपस्थित हुन निर्देशन दिइएको हो ।

प्रमुख सचेतक विशाल भट्टराईका अनुसार संसद अधिवेशनको अघिल्लो दिन फागुन २२ गते दिउँसो ३ बजे संसद भवन बाँनेश्वरमा उपस्थित हुन निर्देशन दिइएको हो । बैठकका लागि प्रचण्ड–माधव नेपाल पक्षसहित १७३ जना सांसदहरुलाई जानकारी गराइएको भट्टराईले जानकारी दिए । उनले नेकपाका सबै सांसदहरुलाई ‘एसएमएस’ पठाइएको बताए ।

सरकारले फागुन २३ गते संसद बैठक बोलाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?