पेरिसडाँडामा प्लान बनाएर निर्वाचन आयोग जाँदै प्रचण्ड-माधव पक्ष

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव पक्ष निर्वाचन आयोग जाने भएको छ । नेकपा विवादबारे कुनै निर्णय नगरिए पछि पेरिसडाँडामा आज (बिहीवार) निर्वाचन आयोग जाने तयारी भइरहेको हो ।

हिजो (बुधबार) प्रचण्ड माधव पक्षले केन्द्रीय सदस्यहरुको तीनपानेमा हस्ताक्षर संकलन गरी हस्ताक्षर पत्र, नागरिकताको प्रतिलिपि र पार्टी परिचयपत्रसहित आयोग जान लागेको हो ।

अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहित राजधानीमा उपलब्ध केन्द्रीय सदस्य र सांसदहरु आयोगमा जाने तयारी गरेको हो । यो पक्ष ले गत २० माघमा पनि वैधानिकता दाबीपत्र बुझाएपनि आयोगले यसबारे कुनै निर्णय गरेको छैन । थप निर्णय आयोगले नगरेपछि प्रचण्ड–माधव पक्ष असन्तुष्ट छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?