नेपाल टेलिभिजनको महाप्रबन्धक र विज्ञापन बोर्डको अध्यक्षमा दरखास्ता आह्वान

काठमाडौं । सरकारले विज्ञापन बोर्डको अध्यक्ष र नेपाल टेलिभिजनको महाप्रबन्धक पदमा भर्नाका लागि विज्ञापन खुलाएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत बोर्डको अध्यक्ष सिफारिस समितिको सचिवालयले खुला आवेदन आह्वान गरेको हो।

सूचनाअनुसार बोर्ड अध्यक्षमा उम्मेदवारीका लागि आमसञ्चार तथा विज्ञापन वा कानुनलगायत विषयमा कम्तीमा स्नातक उत्तीर्ण गरेको हुनुपर्नेछ। उमेर ३५ वर्ष पूरा तथा ६५ वर्ष ननाघेको हुनुपर्नेछ। आवेदन बुझाउने अवधि १५ दिन तोकिएको छ।

यसैगरी नेपाल टेलिभिजनको महाप्रबन्धकका लागि ३० वर्ष पूरा तथा ६५ वर्ष ननाघेका नेपाली नागरिक हुनुपर्ने सूचनामा उल्लेख छ। आवेदन दिन सकिने म्याद ७ दिन भनिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?