अब टेम्पोमा पनि मेगा बैंकको क्यूआर कोड सुविधा

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेड टेम्पोमा यात्रा गर्ने यात्रुहरुलाई क्यू आर कोडबाटै रकम भुक्तानीको ब्यवस्था मिलाएको छ ।

काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा संचालित टेम्पोमा मेगा बैंकले क्यूआरकोडबाटै रकम भुक्तानी गर्ने व्यवस्था मिलाएको हो ।

डिजिटल बैंकिङ्ग र नगदरहित कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यले टेम्पोमा यात्रा गर्ने यात्रुहरुलाई क्यूआर कोडमार्फत रकम भुक्तानी गर्न मिल्ने व्यवस्था मिलाइएको मेगा बैंकले जनाएको छ । काठमाडौं उपत्यकाका टेम्पो चालकहरुमार्फत शुभारम्भ गरिएको यो सेवा देशभर बिस्तार गरिने बैंकले जनाएको छ ।

यसैगरी, टेम्पो चलाएर गुजारा चलाउँदै आएका महिलाहरुलाई आर्थिक उपार्जनमा थप टेवा मिलोस् भन्ने उद्देश्यले यसअघि नै सहुलियत कर्जा सुविधाको व्यवस्था गर्दै आएको बैंकले बैंकले जनाएको छ ।

यो पनि

सीईओ खुञ्जेलीको पाँच वर्षे योजना : टप ‘फाइभ’मा पुग्दैछ मेगा बैंक

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?