चीनमा एक दम्पत्तील जन्माए सात बच्चा, तिर्नुपर्‍यो १ लाख ५५ हजार जरिवाना

लोकपथ
663
Shares

काठमाडौं । चीनमा रहने एक दम्पत्तीले दुुईवटा मात्रै बच्चा जन्माउन पाउने नीति उल्लंघन गर्दै सात बच्चा जन्माए । यसपछि उनीहरुले सरकारलाई ठूलो जरिवाना रकम बुझाउनु परेको छ । साउथ चाइना मर्निङ पोस्टका अनुसार दम्पत्तीले साता बच्चा जन्माएका कारण १ लाख ५५ हजार अमेरिकी डलर (झन्डै १ लाख ८१ हजार नेपाली रुपैयाँ) सोशल सपोर्ट फिस बुझाउनुपर्‍यो ।

३४ वर्षकी महिला उद्योगपति ज्हांग रोंगरोंग र उनका ३९ वर्षका पतिका पाँच छोरा र दुई छोरी छन् । जरिवाना नबुझाएको भए उनीहरुले पाँचजना बच्चाको सरकारी पहिचानसँग जोडिएका कागजात प्राप्त गर्न सक्दैन थिए ।

ज्हांगले स्किनकेयर, ज्वेलरी र कपडाका उद्योग चलाइरहेकी छिन् र उनको दक्षिण–पूर्वी चीनमा उनका कम्पनीहरु छन् ।

आफुलाई एक्लोपनले धेरै हैरानी हुने भएकाले धेरै बच्चा जन्माएको उनले बताएकी छिन् । ‘म कहिल्यै एक्लो रहन चाहन्न । जब मेरा पति आफ्नो व्यापारिक टुरका लागि बाहिर हुन्छन् । तब मलाई निकै दुख लाग्ने गर्छ । मेरा ठूला छोराछोरी पढाईका लागि अन्य शहरमा गइसकेका छन्, त्यस्तोमा साना बच्चाहरु मेरो साथमा रहन्छन्,’ उनले भनिन् । सातजना सन्तान जन्माइसकेपछि अब फेरि सन्तान जन्माउने कुनै योजना नरहेको उनले बताइन् ।

ज्हांगका अनुसार बच्चा जन्माउने योजना बनाउनुअघि उनीहरुले आर्थिक रुपमा सम्पन्न हुने सुनिश्चित गरिसकेका छन् । ‘हामीले उनीहरुलाई आर्थिक सुरक्षा दिनसक्छौं भन्ने सुनिश्चितता गरेपछि बच्चा जन्माउने योजना बनाएका थियौं,’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?