एकताको सन्देश लिएर ओलीलाई भेट्न बालुवाटार पुगे गौतम

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतम प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन्। पार्टी एकताको प्रस्ताव लिएर गौतम प्रधानमन्त्री निवास बालुवाटार पुगेका जनाइएको छ ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि पार्टी दुई समूहमा विभाजन हुँदा समेत कुनै समूहमा नदेखिएका गौतमले पार्टी एकता अभियानलाई निरन्तरता दिइरहेका छन् । सर्वोच्च अदालतले फागुन ११ गते प्रतिनिधिसभा पुनर्स्थापना गरेपछि गौतम एकता अभियानमा थप सक्रिय छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?