दुई महिना दिनरात अँध्यारो हुने ठाउँ

लोकपथ
0
Shares

काठमाडौं । अमेरिकाको अलस्का राज्यमा यस्तो ठाउँ छ जहाँ वर्षको केही महिना दिन नै हुँदैन ।

आर्टिक सर्कल भन्ने स्थानमा हिउँदका केही महिना घाम नलाग्ने भएपछि दिउँसै रात परेको अनुभूति हुन्छ । यसलाई पोलर नाइट अर्थात ध्रवीय रात भनिन्छ । घाम क्षितिजसम्म पुग्न नसक्ने भएपछि यहाँ २४ घण्टा नै रात पर्ने गर्दछ । उत्तरी अमेरिकाको उत्कीयभिक भन्ने ठाउँका स्थानीयहरुले गत बुधवार अन्तिम सूर्यदयको दर्शन गरे ।

अब कम्तीमा दुई महिना उनीहरुले सूर्यको दर्शन गर्न पाउने छैनन् ।

उनीहरुले घामको प्रकाशको अनुभूति गर्न कम्तीमा सन् २०२१ को जनवरी २३ सम्म पर्खनुपर्नेछ ।

तर यसको मतलव २४ घण्टा रातिको समय जसरी नै अँध्यारो हुने भने होइन ।

  • एजेन्सी 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?