दुई घण्टासम्म अनलाईन कक्षा लिए, अन्तमा आफैँ छक्क परे यी शिक्षक (भिडियोसहित)

लोकपथ
0
Shares

काठमाडौं । नेस्नल युनिभर्सिटी अफ सिंगापुरका एक प्राध्यापक आफूले अनलाईन कक्षा लिएको दुई घण्टापछि छक्क परेका छन् । गणित विषयका ती प्राध्यापकले कक्षा लिएको दुई घण्टापछि आफ्नो कम्प्युटरको म्युट बटन अफ रहेको थाहा पाएका हुन् ।

प्राध्यापकले लेक्चर सकेर प्रश्नोउत्तर शुरु गरेपछि सबै विद्यार्थी चुप थिए । त्यसैबीचमा एक विद्यार्थीले दुई घण्टासम्म बटन म्युटमा रहेको र आफूहरूले केही नसुनेको बताए । उनले आफूहरुले ६ बजेर ८ मिनेटपछि प्राध्यापकको केही कुरा नसुनेको जानकारी दिए ।

प्राध्यापकले तत्काल घडि हेर्दा ८ बजिसकेको थियो । जब दुई घण्टासम्म आफूले पढाएको विद्यार्थीले नसुनेको थाहा पाए तब प्राध्यापक केही समय छक्क परे र आफैँ चिच्याए । उनले नसुनेको बाँकी पढाइ अर्को दिन गर्ने बताए ।

प्राध्यापकलाई आफूहरुले बटन म्युट भएको बारे संकेत गरेको तर प्राध्यापकले आँखा चिम्लिएर पढाएकाले संकेत नदेखेको विद्यार्थीको भनाइ छ । केही विद्यार्थीले फोन समेत गरेको तर प्राध्यापकको फोन पनि नउठेको उनीहरुको भनाइ छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?