विकासका नाममा जारी प्रतिगमनविरूद्ध अधिकारकर्मीको प्रदर्शन

काठमाडौं । बृहत नागरिक आन्दोलन र सम्पदा संरक्षण अभियानकर्मीहरुले काठमाडौंको माइतीघर मण्डलामा विकासका नाममा जारी तिगमनविरूद्ध प्रदर्शन गरेका छन् । बालाजु सडक विस्तार र कमलपोखरीमा कंक्रिटयुक्त संरचना बनाएको विरोधमा बृहत् नागरिक आन्दोलन,उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समिति, नेवा: देय् दबूको संयोजनमा विभिन्न खल:पुच:मोर्चा/अभियानले विरोध प्रदर्शन गरेका हुन्।

प्रदर्शनमा राजेन्द्र महर्जन, विद्या श्रेष्ठ, नारायण वाग्ले लगायत सहभागिता जनाएका छन् । अन्य व्यक्तिहरु परम्परागत नेवारी भेषभुषा र बाजागाजासहित प्रदर्शन सहभागी थिए ।

सडक विस्तारको नाममा काठमाडौंका आदिवासी नेवारहरुलाई विस्थापित गरिएको र सभ्यताको समेत विनास भइरहेको भन्दै त्यसको विरुद्ध आन्दोलन गरिएको अभियान्ता राजेन्द्र महर्जनले बताएका छन् । बालाजु बाइपासमा रहेका ४८ घरधुरीलाई सरकारले अन्यायपूर्ण रुपमा विस्थापित गराएको पीडितहरुको भनाई छ । सर्वोच्च अदालतको अन्तरिम आदेश समेत नमानेर बिना मुआब्जा, बिना क्षतिपूर्ति सरकारले घर भत्काएका भन्दै उनीहरुको पक्राउ परेका अभियान्ताहरुको रिहाईको माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?