सालपा विकास बैंकले माग्यो कर्मचारी

काठमाडौं । सालपा विकास बैंक लिमिटेडले केही कर्मचारी माग गरेको छ । बैंकले आज शुक्रवार एक सूचना जारी गर्दै विभिन्न पदका लागि कर्मचारी माग गरेको हो ।

बैंकले अधिकृत, सूचना प्रविधि अधिकृत, वरिष्ठ सहायक, कार्यालय सहयोगी र बाइक राइडरका लागि दरखास्त आह्वान गरेको छ । १८ वर्ष पुरा भई ३५ वर्ष नकटेकाहरुले सूचना प्रकाशित भएको १५ दिनभित्र दरखास्त दिन सक्नेछन् । महिला उम्मेदवारको हकमा भने उमेर हद ४० वर्ष नकटेको भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?