कांग्रेस नेता जोशीको शल्यक्रिया : कस्तो छ स्वास्थ्यावस्था ?

काठमाडौं । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको टाउकामा रगत जमेकाले शल्यक्रिया गरिएको छ । हाल उनको स्वास्थ्यावस्था स्थिर रहेको र जमेको पानी निकाल्ने काम भइरहेको अस्पतालले जनाएको छ ।

पूर्वमन्त्री जोशीलाई बिहान २ः३० बजे नर्भिक अस्पताल पुर्‍याइएको र करीब ४ बजेतिर टाउकामा रगत जमेकाले शल्यक्रिया गरिएको अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले जानकारी दिए । उनको अस्पतालका न्यूरो सर्जन डा. राजीव झा नेतृत्वको चिकित्सक टोलीले शल्यक्रिया गरेको थियो ।

गए राति स्वास्थ्यमा समस्या आई अप्ठ्यारो महसुस भएपछि उनलाई राति नै पहिले वीर अस्पताल र पछि थप उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पताल लगिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?