काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालविरुद्ध पुनस: कटाक्ष गरेका छन् । लगातार दाहाल–नेपाल समूहविरुद्ध कटाक्ष गर्दै आएका थापाले आज शुक्रवार बिहानै फेसबुकमार्फत गीतको शैलीमा प्रचण्ड र नेपाललाई पार्टी कुन हो भन्दै कटाक्ष गरेका हुन् ।
बिहीवार मात्र थापाले प्रधानमन्त्री ओलीकै शैलीमा दाहाल–नेपालको नेतृत्वमा सरकार बन्नु भनेको गोरू ब्याएर बिगौती खानु जस्तै हो भन्दै व्यंग्य गरेका थिए । राजेन्द्र महतोको प्रश्नले प्रतिनिधिसभा पुन:स्थापनापछि लड्डु खाएर विजय मनाएका दाहाल–नेपालको छटपटी बढेको थापाले टिप्पणी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया