कैलाली/टेकसिँह धामी । थरुहट थारुवान मोर्चाले चरणबद्ध आन्दोलन गर्ने भएको छ । मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारुले चरणबद्ध रुपमा आन्दोलनको तयारी थालिएको बताए ।
मोर्चाले बिहीवार कैलालीको हसुलियामा पत्रकार सम्मेलन गर्दै शान्ति, सद्भाव, न्याय र अधिकारका लागि दासताविरुद्धको थरुहट थारुवान विशेष राष्ट्रिय सम्मेलनको तयारी पुरा भएको जनाएको छ ।
मोर्चाका नेता थारुले उक्त सम्मेलनमा सम्पूर्ण राजनीतिक दलका नेता तथा प्रतिनिधि, मानब अधिकारकर्मी, सांसद लगायतको सहभागिता गराइ हरेक पार्टीभित्र थारुप्रतिको बुझाइबारे बृहत छलफल गरि निस्कर्षको बिन्दुमा पुग्ने बताए ।
फाल्गुन १६ गते हुने बन्द सत्रमा दलित, खसान, तमुवान, मगरात लगायतको सम्पुर्ण पहिचानवादीहरुबीच छलफल हुने थारुले जानकारी दिए ।
यस्तै मोर्चाका केन्द्रीय प्रवक्ता मिनराज थारुले सम्पुर्ण थरुहट शक्तिलाई एकबद्ध गर्न सम्मेलनको आयोजना गरिएको बताए । उनले सम्मेलनमा मेचीदेखि महाकालीसम्मका नेता तथा प्रतिनिधिहरुको सहभागीताको लागि समेत प्रबन्ध मिलाईएको जानकारी दिए ।
अब सडक संघर्ष गर्नुका साथै अगामी आन्दोलन प्रतिरोधात्मक र प्रतिकात्मक हुने उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया