प्रधानमन्त्री र राष्ट्रपतिबीच भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री ओलीले बिहीवार साँझ शीतल निवास पुगेर राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका हुन्। सर्वोच्च अदालतको फैसलापछि ओलीको राष्ट्रपतिसँगको यो पहिलो भेट हो। राष्ट्रपति भण्डारीका राजनीतिक सल्लाहकार लालबाबु यादवले राष्ट्रपति र प्रधानमन्त्रीबीच पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको बताए।

सर्वोच्च अदालतले १३ दिनभित्र संसद बैठक बोलाउन सरकारलाई निर्देशन दिएको छ। सरकारले सर्वोच्चको फैसलाअनुसार नै संसद बैठक बोलाउने प्रतिबद्धता पनि जनाइसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?