उपप्रधानमन्त्री पोखरेलको ठोकुवा- ‘अबको प्रधानमन्त्री फेरि पनि केपी ओली’

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले अब फेरि पनि केपी शर्मा ओली नै प्रधानमन्त्री हुने दाबी गरेका छन् ।

बिहीवार राति एक टेलिभिजनसँगको कुराकानीमा उपप्रधानन्त्री पोखरेलले यस्तो दाबी गरेका हुन् । उपप्रधानमन्त्री पोख्रेलले सर्वोच्च अदालतको फैसला पछिको अवस्थामा प्रधानमन्त्री ओलीले संसदीय दल र प्रतिनिधिसभाको सामना गर्न तयार रहेको बताए ।

उपप्रधानमन्त्री पोखरेलले अविश्वासको प्रस्ताव फेल हुने समेत दाबी गरे। उनले नेकपा प्रचण्ड-नेपाल पक्षसँग तत्काल पार्टी एकताको सम्भावना समेत नरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?