काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओली प्रचण्ड नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आधिकारिकतामाथि प्रश्न उठाउँदै परेको रिटमा छिट्टै फैसला सुनाउने भएको छ।
२०७५ मंसिरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष ऋषि कट्टेलले आफ्नो नाममा दर्ता रहेको भनी सर्वोच्चमा मुद्धा दायर गरेका थिए ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नामबारे प्रश्न उठाउँदै परेको मुद्दाको सुनुवाई आज बिहीवार सकिएको हो । अन्तिम फैसला फागुन २० गते हुने भएको छ ।
२०७५ मंसिरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष ऋषि कट्टेलले आफ्नो नाममा दर्ता रहेको तर निर्वाचन आयोगले केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष रहेको पार्टीलाई आधिकारिकता दिएको विरुद्धमा रिट लिएर सर्वोच्च अदालत पुगेका थिए।
आज न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासमा पेशी तोकिएको थियो । नेकपा कट्टेलको रहन्छ या आयोगकै निर्णयलाई अदालतले सदर गरिदिने हो भन्ने पर्खाइ रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया