देउवा निवास बुढानिलकण्ठमा पदाधिकारी बैठक जारी

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठक जारी छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको बैठकमा पछिल्लो राजीनिक घटनाक्रमका विषयमा छलफल भइरहेको छ ।

संसद पुनर्स्थापना पश्चात सत्ता समिकरणका लागि नेकपा प्रचण्ड-नेपाल पक्षले बुधवार सभापति देउवासँग भेटघाट गरेको थियो ।

बुधवारको भेटघाटका क्रममा सभापति देउवाले पार्टीमा आवश्यक छलफल गरेर निर्णय गर्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?