सांसदहरुले पाउने भए पुस ५ यताको तलब

काठमाडौं । प्रतिनिधि सभाका सांसदहरुले गत पुस ५ गते यताको तलब पाउने भएका छन्।

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेसँगै सांसदहरुको तलब रोकिएको थियो । फागुन ११ गते सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरेसँगै सांसदहरुले तलब पाउने भएका हन् ।

सांसदहरुले पुस महिनाको ५ दिनको तलब प्राप्त गरेका थिए । भने बाँकी रहेको समयको तलब उपलब्ध गराउन लागेको संसद सचिवालयले जनाएको छ ।

हाल संघीय सांसदहरूको मासिक तलब ५५ हजार २ सय ३० रुपैयाँ छ।

त्यस्तै प्रमुख प्रतिपक्षी दलका नेता, समितिका सभापति र दलका सचेतक लगायतको तलब भने त्यसमा केही बढी रहेको छ।

यस अवधिमा कुनै बैठकहरु नभएका कारण तलबहरु मात्रै प्राप्त गर्न लागेका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?