काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपाध्यक्ष बामदेव गौतमबीच भेटवार्ता भएको छ । दाहाल निवास खुमलटारमा आज बिहान दाहाल र गौतमबीच करिव एक घण्टा भेटवार्ता भएको हो ।
सर्वोच्च अदालतले संसद विघटन बदर गरेपछि रक्षात्मक अवस्थामा पुगेको ओली समूह र प्रचण्ड–नेपाल समूहलाई नजिक बनाउन भन्दै गौतम खुमलटार पुगेका उनी निकट स्रोतले जनाएको छ ।
नेकपा विभाजन भइसके कुनै पनि पक्षमा नदेखिएका गौतमले पार्टी एकता अभियान चलाउँदै आएका छन् । हिजो मात्र गौतमले एक विज्ञप्ती जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने धारणा राखेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया