साङ्लाको जुस पिउने अनौठो देश

काठमाडौं । हामीलाई साङ्ला भन्ने बित्तिकै घिन लाग्छ । घरमा साङ्ला देखियो भने भगाउने विभिन्न उपाय समेत लगाउँछौँ । तर चीनमा साङ्लाहरु गतिलो कमाईको माध्यम हो ।

त्यहाँ साङ्लालाई सम्भावित औषधीय गुणका रुपमा लिने गरिन्छ । त्यहाँका औषधि उद्योगहरुका लागि साङ्ला व्यवसायिक अवसर बनेको छ, भएका साङ्ला मात्रै प्रयोग गर्ने होईन्, त्यहाँ अहिले उत्पादन नै गरिँदैछ ।

प्रत्येक बर्ष शिचांग सहरमा एक औषधि कम्पनीले ६ सय करोड साङ्ला उत्पादन तथा पालन गर्दछ । साउथ चाइना मर्निङ पोस्टका अनुसार दुई वटा खेल मैदान जत्तिकै क्षेत्रफलमा एक भवनमा अहिले साङ्ला पालन गरिएको छ ।

दराजका पातला घर्राहरुमा राखेर खाना तथा पानीको जोहो गर्ने गरिएको छ । त्यहाँ पालिएका साङ्लाहरु वयस्क भएपछि संकलन गरी पिँधेर लेदो बनाइन्छ । र जुस तयार पारिन्छ । जुन परम्परागत औषधिको रुपमा बिक्रि हुन्छ ।

समाचारमा उल्लेख भए अनुसार पेटको अल्सर, स्वासप्रस्वास सम्बन्धी रोग, वान्ता आउने लगायतका रोगको उपचारमा यसको प्रयोग गर्ने गरिएको छ । (एजेन्सीको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?