नेकपा ओली समूहको स्थायी कमिटी बैठक अनिश्चितकालसम्म स्थगित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको स्थायी कमिटी बैठक स्थगित भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बस्ने भनिएको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको हो ।

बुधवार बसेको ओली समूहको बैठकले प्रतिनिधिसभा पुनर्स्थापनाको फैसलालाई स्वागत गर्ने, केन्द्रीय समिति र संसदीय दलको बैठक बोलाउने र संसद फेस गरेर अघि बढ्ने निर्णय गरेको थियो।
केही स्थायी कमिटी सदस्यहरुले प्रधानमन्त्री ओलीलाई राजीनामा दिन सुझाव दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?