कांग्रेस पदाधिकारी बैठक बस्दै, सत्ता समीकरणको विषय टुंगो लाग्ला ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बिहीवार बस्दैछ । पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा दिउँसो तीन बजे बस्ने बैठकमा आगामी रणनीतिको बारेमा छलफल हुनेछ ।

सवोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेको अवस्थामा अब कसरी अगाडि बढ्ने भन्ने विषयमा बैठक केन्द्रित हुने नेताहरुले बताएका छन् । नेकपासँग सत्ता साझेदारी गर्नेरनगर्ने भन्ने विषयले समेत बैठकमा महत्व पाउने छ ।

नयाँ सरकार गठनको प्रकृयामा प्रतिक्षी दल कांग्रेस नै निर्णायक देखिएको छ । यसअघि बुधवार नेकपाका प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले देउवालाई भेटेर सत्ता साझेदारीको प्रस्ताव गरेका विषयहरु बाहिरीएका छन् । त्यसो त देउवालाई नेकपाकै ओली समूहले समेत सत्ता साझेदारीको प्रस्ताव राख्दै आएको बताइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?