फेरि पनि कुर्सीको खेल शुरू हुने खतरा छ; ज्योतिषको जोखाना र किनबेचको शृंखला चल्नसक्छ : भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले फेरि पनि कुर्सीकै खेल शुरु हुनसक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत् डा. भट्टराईले अदालतको फैसलापछि पुन: राजनीति नेताहरुकै हातमा पुगेको बताउँदै फेरि सत्ता र शक्तिको पुरानै खेल शुरु हुने खतरा औंल्याएका हुन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले ज्योतिषीको जोखाना र किनबेचको शृङ्खला चल्न सक्ने भन्दै नेताहरुलाई पाठ सिकेर राष्ट्रिय सहमति गर्न सुझाव दिएका छन् ।

“सुप्रिम कोर्टपछि राजनीति पुन:दल/नेताको कोर्टमा पुगेकोछ।घरज्वाईंलाई खानको धन्दा भने झैं उही पुरानै कुर्सीको खेल शुरूहुने खतरा छ,” भट्टराईले लेखेका छन्, “टाउको गन्ती,ज्योतिषको जोखाना,किनबेचको शृंखला चल्नसक्छ। देशको आवश्यकता र जनताको चाहना दल/नेताले पाठ सिकून्; नयाॅ राष्ट्रिय सहमति गरून् भन्ने छ है! चेतना भया!”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?