सकियो प्रचण्ड-नेपाल र देउवाबीचको छलफल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रचण्ड(नेपाल पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीचको आजको छलफल सकिएको छ।

संसद पुनर्स्थापनासँगै आगामी दिनमा कसरी जाने भन्ने विषयमा छलफल गर्न अध्यक्षद्वय देउवानिवास बुढानिलकण्ठ पुगेका थिए ।

आजको बैठकमा विकसित राजनीतिक घटनाक्रम र अब कसरी अगाडि जाने भन्नेबारे सभापति देउवासँग प्रचण्ड(नेपालको छलफल केन्द्रीत रहेको स्रोतले जानकारी दिएको छ । अध्यक्षद्वय देउवासँग २० मिनेट छलफग गरेर बाहिरिसकेका छन् ।

स्रोतका अनुसार दुवै पार्टीले आ-आफ्नो दलमा छलफल गरेर अघि बढ्ने विषयमा छलफल भएको जनाइएको छ ।

त्यसै विषयमा छलफल गर्न सभापति देउवाले बिहीवारका लागि पदाधिकारी बैठक बोलाएका छन् ।

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेसँगै दुवै पार्टीले उक्त कदमलाई अलोकतान्त्रिक र असंवैधानिक ठहर गर्दै आन्दोलन गरिरहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?