काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका छन् ।
संसद पुनर्स्थापनापछिको राजनीतिक परिस्थितीका बारेमा छलफल गर्न अध्यक्षद्वय सभापति देउवा निवास बुढानिलकण्ठ पुगेका हुन् ।
केहीबेर अघि अध्यक्षद्वय बुढानिलकण्ठ पुगेको र छलफल जारी रहेको स्रोतले जनाएको छ । संसद पुनर्स्थपनासँगै कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भइरहेको बताइएको छ ।
संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमकाविरुद्ध प्रचण्ड(नेपालले विरोध गरिरहेको थियो । संसद पुनर्स्थापनासँगै अध्यक्ष प्रचण्डले सबै दलहरुसँग सहमती गरेर अगाडि बढ्ने बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया