काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षको स्थायी कमिटी बैठक शुरु भएको छ।
केहीबेरअघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार शुरु भएको स्रोतले जनाएको छ ।
आजको बैठकमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा‘बादल’ नेकपा नेता सुवास लगायतको सहभागिता रहको छ ।
संसद पुनर्स्थापना गर्ने निर्णयपछिको अवस्थाबारे छलफल गर्न प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीले बैठक बोलाएका थिए ।
तर बालुवाटारमा पत्रकारहरुलाई प्रवेशमा रोक लगाइएको छ ।
प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते गर्दै निर्वाचन घोषणा गरेकी थिइन् । त्यसलाईअसंवैधानिक ठहर गर्दै सर्वोच्चले मंगलवार बदर गरिदिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया