काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ लाई काठमाडौं उपत्यका बाहिर जानका लागि बन्देज गरिएको भन्ने समाचारप्रति उपराष्ट्रपतिको कार्यालयले खण्डन गरेको छ ।
उपराष्ट्रपति पुनलाई दलित पत्रकार संघको बुटवलमा हुन लागेको राष्ट्रिय महाधिवेशन उद्घाटनमा आमन्त्रण आएको थियो । संसद विघटनसम्बन्धी मुद्दाको फैसला हुँदै गरेको अवस्थामा हुनसक्ने राजनीतिक परिस्थितीलाई ख्याल गर्दै निजी सचिवालयले उपस्थित हुन नसक्ने आयोजकलाई जानकारी गराइएको निजी सचिवालयले जनाएको छ।
तर केही सञ्चारमाध्ययमहरुमा उपराष्ट्रपति पुनमाथि उपत्यका बाहिर जान बन्देज लगाइएको भन्ने भ्रमपूर्ण समाचार प्रकाशित र प्रशारित गरेको बताउँदै त्यसमा कुनै सत्यता नरहेको समेत बताएको छ ।
“उपराष्ट्रपतिको नीजि सचिवालयबाट गरिएको खण्डन सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ज्यूलाई ‘उपत्यका बाहिर जान बन्देज’ लगाइएको भनी प्रकाशितरप्रशारित समाचारप्रति उपराष्ट्रपतिको नीजि सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ । यस समाचारमा कुनै सत्यता नरहेको स्पष्ट पारिन्छ । दलित पत्रकार संघको बुटवलमा हुन लागेको राष्ट्रिय महाधिवेशन उद्घाटनमा आमन्त्रण आएको सन्दर्भमा सम्मानित सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदन फैसलाको क्रममा रहेकोले सम्भावित परिस्थितिलाई ध्यानमा राखेर सो कार्यक्रममा उपस्थित हुन नसक्ने भनी नीजि सचिवालयको तर्फबाट आयोजकलाई जानकारी गराइएको स्पष्ट पारिन्छ।” जारी विज्ञप्तिमा भनिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया