राष्ट्रपति भण्डारीले आज पशुपतिमा क्षमापूजा गर्दै

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी बुधवार पशुपतिनाथ मन्दिर जाने भएकी छिन् ।

पशुपतिनाथ मन्दिरको मुख्य शिवलिङ्गमा रहेको जलहरी जिर्णोद्धार गर्ने काम चल्दै गर्दा राष्ट्रपति भण्डारी क्षमापूजाका लागि जान लागेकी हुन् ।

राष्ट्रपतिले आज क्षमापूजा गरेपछि जलहरी राखिने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

 

पशुपतिमा जलहरी राख्नुअघि पूजापाठ गर्न भारतबाट ३३ जना ब्राह्मण आई उनीहरुले दुई दिनयता पूजापाठ गरिरहेका छन् । यस्तै भागवत आश्रम र पशुपतिकै १२१ जना पण्डितहरूले पनि पूजापाठ गरिरहेको कोषले जनाएको छ ।

यसअघि पशुपतिमा चाँदीको जलहरी रहेको थियो । पशुपति क्षेत्र विकास कोषले सुनको जलहरी राख्न लागेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको तर्फबाट ३० करोड दिने निर्णय गरिसकेका छन् । उक्त जलहरी राख्नका लागि करिव १ अर्ब रुपैया खर्च हुने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?