काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अहिले दीपावली गरेर खुशी हुने बेला नभएको टिप्पणी गरेका छन् । उपचारका लागि भारत पुगेका डा. भट्टराईले ट्वीटरमार्फत् अहिले दीपावली नगरी गम्भीर आत्मसमीक्षा गर्नुपर्ने बेला भएको प्रतिक्रिया दिएका हुन् ।
अदालतले संसद पुनर्स्थापना गरिदिए पनि देश पुस ५ मा मात्रै पुगेको भन्दै उनले केही प्रश्नको उत्तर खोज्नुपर्ने बताएका छन् । ‘भष्मासुर’लाई कसले हुर्कायो ? राजनीतिलाई राज्यदोहनको साधन कसरी बनाइयो ? भन्दै उनले जनताले नेताहरुलाई कसरी पत्याउने ? भन्ने प्रश्न गरेका छन् । संसद पुनर्स्थापनाको फैसलापछि दाहाल–नेपाल समूहको नेकपाले आज देशैभर दीपावली मनाइरहँदा भट्टराईको यस्तो टिप्पणी आएको हो ।
“अहिले दीपावली हैन गम्भीर आत्मसमीक्षा गर्ने वेला हो ! देश पुस ५ मा फर्केको मात्र छ; यी सबै प्रश्न अनुत्तिरत छन्,” पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले लेखेका छन्, “भष्मासुरलाई कसले हुर्कायो/पाल्यो ? राजनीतिलाई राज्यदोहनको साधन कसरी बनाइयो ? राजनीतिक नेतृत्व यति भ्रष्टरमूल्यमान्यताविहीन कसरी बन्यो ? त्यसलाई तुरून्तै जनताले पत्याउने कसरी ? मम: भनौं !”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया