काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले सर्वोच्च अदालतको ऐतिहासिक फैसलाको स्वागत गर्दै आज बुधवार देशभर विजय जुलुस निकाल्ने भएको छ । सर्वोच्चको फैसलाको स्वागत गर्दै सो समूहले देशभर विजय जुलुस निकाल्न लागिएको नेता विष्णु रिजालले जानकारी दिएका छन् ।
सर्वोच्च अदालतले संसद विघटनलाई असंवैधानिक ठहर गरेसँगै दाहाल–नेपाल समूहले सबै जिल्ला सदरमुकाममा आज बिहान ८ बजे र काठमाडौंको शान्ति वाटिकामा मध्याह्न १२ बजे विजय जुलुुस निकाल्न लागेको हो । शान्तिवाटिकामा आयोजित कार्यक्रममा सहभागी हुन समेत नेकपाले आह्वान गरेको छ ।
पुष्पकमल दाहाल र माधव कुमार नेपाल दुबै चितवनमा आयोजित आमसभाका लागि चितवन पुगेका छन् । सर्वोच्च अदालतले मंगलबार साँझ प्रतिनिधि सभा पुनर्स्थपना गर्ने फैसला गरेपछि चितवनको आमसभा स्थगित भएको छ। दुबै अध्यक्षहरू केहीबेरमा काठमाडौं आउँदै छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया