सर्वोच्चको फैसलाले प्रजातान्त्रिक मूल्य मान्यता जोगाउन चुनौती थपिएको थापाको टिप्पणी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सर्वोच्चको फैसलाले प्रजातान्त्रिक मूल्य मान्यता जोगाउन नयाँ चुनौती खडा भएको बताएका छन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको कदमलाई असंवैधानिक ठहर गरेपछि सामाजिक सञ्जाल ट्वीटरमार्फत् अध्यक्ष थापाले अस्थिरता र अराजकताको नयाँ श्रृंखला शुरूहुने संभावना बढेको टिप्पणी गरेका हुन् ।

प्रतिनिधिसभा पुनर्स्थापना भएसंगै अब सांसद किनबेच, अपवित्र गठबन्धन एवं अस्थिरता र अराजकताको नयाँ श्रृंखला शुरूहुने भन्दै थापाले चिन्ता व्यक्त गरेका छन् ।

“विघटनसम्वन्धि विवाद तत्कालका लागि अन्त भएको छ। तर, प्रतिनिधिसभा पुनर्स्थापनासंगै सांसद किनबेच,अपवित्र गठबन्धन एवं अस्थिरता र अराजकताको नयाँ श्रृंखला शुरू हुने संभावना बढेको छ। यो फैसलाले प्रजातान्त्रिक मूल्य मान्यता कसरी जोगाउने नयाँ चुनौती खडा भएको छ,” थापाले लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?