संसद पुनर्स्थापनाले अधिनायक आकांक्षालाई समेत बदर गर्‍यो : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले संसद पुुनर्स्थापना गर्ने सर्वोच्चको निर्णयले नेपाली जनताको जित भएको प्रतिक्रिया दिएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै प्रवक्ता शर्माले संसद विघटनले देशलाई द्वन्दमा लगेको बताउँदै संसद पुनर्स्थापनाले अधिनायक आकांक्षालाई समेत बदर गरेको बताए ।

“न्याय मुर्तिहरुलाई लाख लाख सलाम । संसद विघटन असंवैधानिक ठहर गर्दै सिंगो देश आन्दोलनमा थियो । फैसलाले विघटनसंगै अधिनायक आकांक्षालाई समेत बदर गरेको छ । संविधान रक्षा गर्दै जनताको जीत भएको छ ।” प्रवक्ता शर्माले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?