सर्वोच्चको निर्णयपछि के भने गगन थापाले ?

काठमाडौं । संसद पुनस्थापना गर्ने सर्वोच्चको निर्णयको नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले स्वागत गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै नेता थापाले संविधान विरुद्ध षडयन्त्र र सेटिङको शासन गर्ने प्रधानमन्त्रीको दुस्साहसलाई खारेज गर्दै सर्वोच्चले संविधानको रक्षा गरेको प्रतिक्रिया दिएका छन् ।

अदालतले विना भय र दवाव,विवेकसम्मत रुपमा संविधानको पक्षमा दृढतापूर्वक आफुलाई उभ्याउदै न्यायालयप्रतिको जनविश्वासलाई थप उच्च बनाएको उनले बताएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै थापाले भनेका छन्- “हामी सवैलाई बधाई! संविधान विरुद्ध षडयन्त्र र सेटिङको शासन गर्ने प्रधानमन्त्रीको दुस्साहसलाई खारेज गर्दै सर्वोच्च अदालतले संविधानको रक्षा गरेको छ।अदालतले विना भय र दवाव,विवेकसम्मत रुपमा संविधानको पक्षमा दृढतापूर्वक आफुलाई उभ्याउदै न्यायालयप्रतिको जनविश्वासलाई थप उच्च बनाएको छ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?