संसद पुनर्स्थापनासँगै पुस ५ पछिका सबै निर्णय रद्द

काठमाडौं । सर्वोच्च अदालतले पतिनिधि सभा विघटनसम्बन्धी मुद्दा बदर गरेसँगै पुस ५ गतेपछिको सबै निर्णयहरु बदर हुने भएको छ ।

आज मंगलवार प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको इजलासले प्रतिनिधिसभाको पुनर्स्थापनको फैसला सुनाएका छन्।

प्रधानन्यायाधीश राणाले उक्त मुद्दामा व्यापक छलफलपछि संवैधानिक इजलासले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने निर्णय गरेको हो।

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफ ारिसमा राष्टपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटनलाई अनुुमोदन गर्दै निर्वाचन घोषणा गरेकी थिइन् ।

त्यससँगै पुस ५ गतेपछि गरिएका सबै नियुक्तिसमेत अदालतले खारेज गर्न भनेको आदेश दिएको छ।

संसद विघटन संविधानसंवत नभएको भन्दै सर्वोच्चमा १३ वटा रिटहरु परेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?