नेकपा नेता लिलामणी पोख्रेललाई मातृशोक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षका स्थायी कमिटी सदस्य लिलामणी पोख्रेललाई मातृशोक परेको छ ।

नेता पोखरेलको आमा कलादेवी उपाध्याय पोख्रेलको आज बिहान उनकै निवासमा निधन भएको हो ।

यसैक्रममा प्रचण्ड(नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुख व्यक्त गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै शोकाकूल परिवारजन तथा आफन्तजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।

“हाम्रो पार्टीका स्थायी कमिटी सदस्य कमरेड लिलामणी पोख्रेलकी ममतामयी आमा कलादेवी उपाध्याय पोख्रेलको आज बिहान आफ्नै निवासमा निधन भएको खबरले दुखित् छु । दिवंगत आमाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकूल परिवारजन तथा आफन्तजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।” अध्यक्ष प्रचण्डले लेखेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?