कस्ले गर्‍यो प्रधानमन्त्री ओलीले उद्घाटन गरेको पुलको शिलालेख तोडफोड ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको दाङ देउखुरीको सिसहनिया–महदेवा जोड्ने नेपालकै दोस्रो लामो पुलको शिलालेख तोडफोड गरेको घटनाबारे प्रहरीले छानबिन तीव्र पारेको छ ।

गत माघ १२ गते प्रधानमन्त्री ओलीद्वारा उद्घाटित शिलालेख तोडफोड भएको एक हप्तामा उक्त घटना बाहिर आएको थियो ।

यसैक्रममा लुम्बिनी प्रदेश प्रहरी कार्यालयले तोडफोडमा संलग्न व्यक्ति वा समूहको पहिचान गरी पक्राउ गर्न तथा आवश्यक कानुनी कारबाही प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय दाङलाई निर्देशन दिएको छ ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख एवं डिआइजी रविन्द्र बहादुर धानुकले उक्त पुलको शिलालेख तोडफोड गर्नेहरुलाई कानुनी दायरामा छिट्टै ल्याइने प्रतिद्धता व्यक्त गरेका छन् । त्यसको लागि आफूले जिल्ला प्रहरी कार्यालmय दाङलाई घटनाका दोषी पहिचान गरी कारबाही गर्न निर्देशन दिएको बताए । शिलालेख तोडफोड गर्नेलाई सार्वजनिक सम्पती तोडफोड अन्तर्गत कारबाही गरिने उनले बताएका छन् ।

तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २०७३ मंसिर २२ गते पुलको शिलान्यास गरेका थिए । राप्ती गाउँपालिकाको सिसहनिया र गढवा गाउँपालिकाको महदेवा जोड्ने सो पुल ८६० मिटर लम्बाइ र साढे १० मिटर चौडाइको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?