डा. बाबुराम भट्टराई अस्पताल भर्ना

लोकपथ संवाददाता
0
Shares
विश्वदीप पाण्डेको सामाजिक सञ्जालबाट

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई अस्पताल भर्ना भएका छन् ।

भट्टराई दिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा मंगलवार विहान ९ बजे भर्ना भएको भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले जानकारी दिएका छन् ।

पाण्डेका अनुसार आज दिनभर भट्टराईलाई अस्पतालमा राखी आवश्यक सबै परीक्षण गरिनेछ ।

भट्टराई केही दिनअघि पत्नी हिसिलासहित उपचारका लागि नयाँ दिल्ली गएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?