एउटा विमानमा समस्या देखिएपछि यूनाइटेड एअरलाइन्सका २४ वटा बोइङ ७७७ थन्किए

लोकपथ
0
Shares

काठमाडौं । अमेरिकाको वायुसेवा कम्पनी यूनाइटेड एअरलाइन्सले आफ्ना २४ वटा बोइङ ७७७ विमान ‘ग्राउन्ड’ गर्ने निर्णय गरेको छ। शनिवार उडेको केही बेरमै एउटा विमानको इन्जिनमा समस्या देखिएपछि उक्त कम्पनीले यो निर्णय गरेको हो ।

डेन्भरबाट २३१ यात्रु र चालकदलका १० सदस्यसहित उडेको सो विमानबाट क्षतिग्रस्त इन्जिनका भागहरू आकाशबाट आवासीय क्षेत्रमा खसेका थिए। कुनै मानवीय क्षतिबिनै उक्त विमान पुनः विमास्थलमा अवतरण गर्न सफल भएको थियो ।

उक्त घटनापछि जापानले सबै वायुसेवा प्रदायकहरूलाई ‘प्र्याट एन्ड ह्विट्नी ४०००’ मोडलको इन्जिन भएका बोइङ ७७७ विमानहरू आफ्नो आकाशबाट नउडाउन आग्रह गरेको छ ।

विमानबाट खसेको इन्जिनको टुक्राबोइङ कम्पनीले छानबिन नसकिउन्जेसम्म सो इन्जिन प्रयोग गर्ने बोइङ ७७७ विमानका सबै उडान स्थगित गर्न सुझाव दिएको छ । उसका अनुसार विश्वभरि त्यस्ता ६९ वटा विमान प्रयोगमा छन् ।

यो पनि पढ्नुहोस् : उडिरहेको विमानमा अचानक लाग्यो आगो, इन्जिनको टुक्राहरु जमिनमा छरपस्ट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?