उडिरहेको विमानमा अचानक लाग्यो आगो, इन्जिनको टुक्राहरु जमिनमा छरपस्ट

लोकपथ
0
Shares

काठमाडौं । अमेरिकामा एउटा ठूलो दुर्घटना टरेको छ । अमेरिकाको कोलोराडो राज्यको राजधानी डेनबरमा उडेको बोइङको ७७७ विमानमा आगो लाग्यो ।

विमानमा २३१ यात्रु र १० चालक दलका सदस्य थिए । आगो लागेपछि उक्त इन्जिनको टुक्राहरु जमिनमा खसेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

यद्यपी विमानमा सवार सबै यात्रुहरु सकुशल रहेका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

अर्को इन्जिन सक्रिय रहेकाले दुर्घटना हुन पाएन । शनिवार डेनबर अन्तर्राष्ट्रिय विमानस्थलमा उक्त विमान पाइलटले सफल रुपमा अवतरण गरेको छ ।

ब्रुमफिल्ड टाउनका प्रहरीका अनुसार इन्जिनका टुक्राहरु मानिसका घर वरपर भेटिएका छन् ।

सार्वजनिक भएका तस्वीर तथा भिडियोहरुमा विमानको एउटा इन्जिनमा आगो लागेको देखिन्छ ।

मलबा

मलबा

मलबा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?