डाक्टरले पत्रिकामा दिए विवाहका लागि विज्ञापन !

लोकपथ
0
Shares

काठमाडौं । इन्टरनेटको यो समयमा आफ्नो विवाहको लागि मानिसहरु मेट्रोमोनियल वेवसाइटको सहारा लिने गर्दछन् ।

तर आज भन्दा १० वर्ष अगाडि यस प्रकारका सुविधाहरु नभएको बेला मानिसहरु पत्रिकामा आफ्नो विवाहको विज्ञापन छपाउँथे । तर आजको समयमा आएर पनि मानिसहरु पत्रिकामा विवाहको विज्ञापन छपाउछन् भन्दा अचम्म लाग्छ होला ।

हालै मात्र पत्रिकामा विवाहको विज्ञापन छापेका एक डाक्टर अहिले भाइरल भइरहेका छन् । उक्त भाइरल मेट्रोमोनियल एड एक ३१ वर्षका डाक्टर अभिनव कुमारले पत्रिकामा छपाएका छन् ।

एडमा उनले सुन्दर, ईमान्दार, भरोसा गर्न लायक, धेरै माया गर्ने, बहादुर शक्तिशाली र धनी दुलहीको माग गरेका छन् । उनी आफू भने बेरोजगार छन् ।

उनले त्यति मात्रै होइन, विज्ञापनमा बेहुली कट्टर देशभक्त, देशको सेना र खेलमा प्रतिभामा धेरै चासो दिने खालको हुनुपर्ने पनि बताएका छन् ।

साथै आफ्ना बच्चा हुर्काउन पनि एक्सपर्ट भएको हुनुपर्ने बताएका छन् । उनले यो कुरा पत्रिकामा ठूलो अक्षरमा लेखाएका छन् ।

किनभने पत्रिका पढ्नासाथ सबैको नजर त्यहाँ जाओस् । सामाजिक सञ्जालमा अहिले त्यहि कुरा हाँसी मजाकको विषय बनेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?