प्र्यांक भिडियो बनाउँदा ज्यान गयो !

काठमाडौं । सोसल नेटवर्किङ साइटमा प्र्यांक भिडियो बनाउँछन् । तर कहिले भने यसै मजाकले ज्यान धरापमा पर्न सक्छ ।

एउटा यस्तै घटना अहिले सोसल मिडियामा भाइरल बनिरहेको छ । यो घटना अमेरिकाको हो । एक २० वर्षीय युवकले प्र्यांक भिडियो गरेकै कारण ज्यान गुमाउनु पर्यो ।

उनी आफ्ना साथीसँग पार्कमा भिडियो शूट गरिरहेका थिए ।

उनीहरुले लुटेराको ड्रेसमा पार्कमा रहेकालाई लुटिरहेको जस्तो गरिरहेका थिए । तर उनीहरु साँच्चिकै भएको सम्झिएर गोली चलाए । र उनको ज्यान गयो ।

अमेरिकाका न्याशविलेमा टिमोथी विल्क्स नामका २० वर्षीय युवक पार्कमा प्र्यांक भइरहेका बेला यस्तो घटना भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?