१४ जेष्ठ २०८०, आईतवार

प्रचण्ड – नेपाल पक्षले बोलायो सचिवालय बैठक, नेताहरु पेरिसडाँडामा भेला हुँदै

२०७७,माघ,२७,मंगलवार १४:०९

0
Shares

काठमाडौं – भोलि (बुधबार) काठमाडौंमा बृहत जनप्रदर्शन गर्न लागेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड – नेपाल पक्षले सचिवालय बैठक बोलाएको छ ।

बैठक नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा केहीबेरमा बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

आज बोलाइएको बैठकमा आन्दोलनको समीक्षाका साथै र भोलि आयोजना गरिने बृहद् विरोध सभाबारे छलफल हुनेछ।

यसअघि गत २३ गते प्रधानमन्त्री केपी ओली समूहले दरबारमार्गस्थित नारायणहिटी दरबार संग्रहालय अगाडि गरेको शक्ति प्रदर्शन लगत्तै प्रचण्ड समूहले जवाफी आन्दोलनको रुपमा करिब २ लाख मानिस उतार्न लागेको प्रमण्ड नेपाल पक्षले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेकपा प्रचण्ड माधव पक्षले त्यसलाई प्रतिगमन भन्दै संघर्ष गरिरहेको छ ।

यता आजै कान्तिपथस्थित निर्वाचन आयोगमा पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचन र नेकपाको आधिकारिकताबारे छलफल गरेका छन् ।
आजको छलफलमा आगामी निर्वाचनको तयारीका विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

प्रकाशित मिति: २०७७,माघ,२७,मंगलवार १४:०९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । संस्कृती पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफूले भ्रष्टाचार गरेको विषय पुष्टि गर्न चुनौती दिएका छन् । उनीमाथि

काठमाडौं । सरकारले रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपति समक्ष सिफारिस गरेको छ । आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संसदमा उठेका गम्भीर विषयमा राजनीतिक नेतृत्वले ढाकछोप गरिरहेको टिप्पणी गरेका छन् ।

काठमाडौँ । नागरिक अगुवाहरुले नागरिकता विधेयक प्रमाणीकरण नगर्न राष्ट्रपति रामचन्द्र पौडेलमाथि दवाव बढाएका छन् । नागरिक अगुवाहरु साध्यबहादुर, भण्डारी, डा

ताजा समाचार

संसारीमाई महापूजा आजबाट शुरु
 २०८०,जेष्ठ,१४,आईतवार १२:१५
यस्तो छ खप्तडको इतिहास
 २०८०,जेष्ठ,१४,आईतवार ११:५८
नेपाल र उज्वेकिस्तान भिड्दै
 २०८०,जेष्ठ,१४,आईतवार ११:४०