१४ जेष्ठ २०८०, आईतवार

‘थाहा छैन अपराधी वारी या पारी छ’ प्रहरी भन्छ, ‘अनुसन्धान जारी छ’

२०७७,माघ,२६,सोमवार १९:११

0
Shares

टेक सिँह धामी/ धनगढी – बैतडीको दोगडकादार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्ट हत्याको घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। प्रहरीले अनुसन्धान साँघुरो हुदैे गएको र अनुसन्धान जारी रहेकाले केही समय लाग्ने जनाएको छ । प्रहरीले भट्टको बलात्कार पछि हत्या भएको निष्कर्ष निकालेको छ ।

उसो त घटनाको ५ दिन बित्यो तर प्रहरीले अपराधी पक्रन भने सकेकोे छैन । यद्यपी प्राप्त सबुत प्रमाणको पुष्टि गर्ने क्रममा रहेकोले चाँडै अपराधी पत्ता लाग्ने प्रहरीको भनाइ छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदीको नेतृत्वमा अनुसन्धान भइरहेको छ। सुवेदीले घटनालाई गम्भीरतापूर्वक लिएर अनुसन्धान थालिएको बताएका छन् । उनले आफू अहिले घटनास्थलमै रहेको र थप अनुसन्धान भइरहेको जानकारी दिए। स्थलगत अनुगमनका लागि मानव अधिकारको टोली पनि हिजो घटनास्थलमा पुगेको छ। अढाइ वर्षअघि कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको अपराधी आजसम्म पनि सार्वजनिक गर्न नसकेर निरीह बनेको प्रहरीले यो घटनामा गम्भीरतापूर्वक घटनास्थलको अध्ययन गरेको जनाएको छ ।

यसअघि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका वरिष्ठ उपरीक्षक जनकराज पाण्डे नेतृत्वको अनुसन्धान टोली घटनास्थल पुगेर अध्ययन गरिररहेको थियो। यसका साथै घटनाको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरोका डिएसपी पञ्चकुमार बाँखुसहित प्राविधिक टिम परिचालन भएको छ।

मृतक किशोरी सनातन धर्म माविमा कक्षा १२ मा अध्ययनरत रहेकी थिइन्। कलेजबाट फकिँदै गर्दा गत माघ २२ गते हत्या भएको थियो। हत्याको विरोधमा बैतडीमा शैक्षिक हड्ताल गरिएको छ। मृतकका आफन्तले जिल्ला अस्पतालमा रहेको किशोरीको शव बुझ्न मानेका छैनन्। मृतकका परिवार भन्छन्, ‘अपराधी जहाँ होस्, यथाशक्य पत्ता लगाएर कारवाही होओस् ।’

यसअघि प्रकाशित यो पढ्नुहोस् : 
भागरथी बलात्कारपछि हत्या प्रकरण  : पोस्टमार्टम रिपोर्ट आयो : बलात्कार र घाँटी थिचेर हत्या यस्तो छ पछिल्लो ‘अपडेट’ 

प्रकाशित मिति: २०७७,माघ,२६,सोमवार १९:११

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । शुक्रबार प्रतितोला छापावाला सुनको मूल्य १ लाख ८ हजार

काठमाडौं । सरकारले रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपति समक्ष सिफारिस गरेको छ । आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको

हेटौँडा । १६ औँ गणतन्त्र दिवसको अवसरमा आइतबार स्वास्थ्य मन्त्रालय बागमती प्रदेशले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। आज हेटौँडाको बुद्ध

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड विस्तारका क्रममा सडक किनारमा रहेका दशकौँ पुराना वरपिपलका चौतारा तथा यात्रु प्रतिक्षालय मासिएका छन्

ताजा समाचार

दाताको सहयोगमा धार्मिक पुस्तकालय
 २०८०,जेष्ठ,१४,आईतवार १०:५०