महाकञ्जुस : घरमा मात्रै एउटा बल्व, डिशवाशरमा बनाउँछिन् खाना, पानी रीयूज गर्छिन्

काठमाडौं । यो संसारमा धेरै मानिस छन्, जो पैसाको महत्व सम्झदैनन् । केहि मानिसहरु पैसाको मतलव नै नगरी पैसा खर्च गर्छन् भने कोहि मानिस यति कञ्जुस् हुन्छन् त्यो कुरा यो समाचार पढेपछि थाहा पाउनुहुनेछ ।

हामी कुरा गरिरहेका छौँ स्टेफनी बेनेटको । यी महिला बचतमा सबैभन्दा अघि छिन् । उनका साथी र ब्वाईफ्रेण्ड पनि उनलाई कञ्जुस् भन्छन् । उनी पैसा जोगाउनका लागि आफ्नो घरमा मात्र एउटा बल्व राख्छिन् ।

यहि बल्व बोकेर उनी एउटा कोठाबाट अर्को कोठामा काम गर्न जान्छिन् । उनी एक डाक्टरको अफिसमा काम गर्छिन् । पैसा बचाउन उनले अनौठो तरिका अपनाएकी छन् ।यति मात्रै होइन उनी खाना पनि डिशवाशरमा पकाउँछिन् ।

उनी बिजुलीबाट हरेक महिना ६० डलर बचाउँछिन् ।

उनका प्रेमीका पेट्रिकले महाकञ्जुस बनेर उनले धेरै पैसा बचाएको बताउँछन् । उनले नुहाउनको लागि पनि आफ्नो र ब्वाईफ्रेण्डका लागि समयसीमा बनाएकी छन् ।

उनी प्रयोग भइसकेको पानी फेरि प्रयोग गर्छिन् । उनी मात्र २ मिनेटमात्र शावर खोल्न दिन्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?